बिहीबार, १३ वैशाख २०८१

संसद ग्यालरीमा ६८ अनुहार: जसले गरे डेब्यु

समयपोष्ट २०७४ मंसिर २८ गते १:२२

राजनीतिमा पुस्तान्तरण नभएको आरोप लागिरहँदा केन्द्रीय संसद्मा प्रतिनिधित्व गर्ने झन्डै आधा सांसद नयाँ चुनिएका छन् ।  प्रत्यक्ष निर्वाचनबाट चुनिने १६५ मध्ये ६८ सांसद नयाँ चुनिएका हुन् ।

Advertisement

समानुपातिकतर्फ पनि योपटक काँग्रेस एमालेले पुरानालाई लगभग नदोहो¥याई सूची बुझाएकाले संसद्मा नयाँ सांसदको बाहुल्य हुने करिब निश्चित छ ।  तर, समानुपातिकको सङ्ख्या भने यकिन भइसकेको छैन ।

संसद्मा ‘डेब्यु’ गर्न लागेका केही अनुहार भने यसअघि निर्वाचनमा पराजित भएकासमेत छन् ।  निर्वाचित केही जनप्रतिनिधि भने पहिलो प्रयासमै केन्द्रीय संसद्को स्थान पक्का गर्नेहरू छन् ।

-ताप्लेजुङबाट निर्वाचित एमाले सचिवसमेत रहनुभएका योगेश भट्टराई पहिलोपटक केन्द्रीय संसद् प्रवेश गर्दै हुनुहुन्छ ।
-मन्त्री भइसक्नुभएका एमालेको भ्रातृ सङ्गठन युथ फोर्सका पूर्वअध्यक्ष महेश बस्नेत पनि पहिलोपटक संसद्मा ‘डेब्यु’ गर्दै हुनुहुन्छ ।
-प्रहरी सङ्गठनबाट फेरिएको दैनिकी लिएर पूर्वडीआईजी नवराज सिलवाल पनि केन्द्रीय संसद् सदस्य बन्नुभएको छ ।
-माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल पनि पहिलोपटक केन्द्रीय संसद्को ग्यालरी बैठकको अनुभव लिँदै हुनुहुन्छ ।
-पेसाले इन्जिनियर र निर्माण व्यवसायी रहेका मोहन आचार्यले रसुवाबाट आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुभएको छ ।
-राप्रपाका राजेन्द्र लिङ्देनको संसद्को यात्रा पहिलो नै हो ।
-झापा ३ बाटै निर्वाचित एमाले नेत्री पवित्रा निरौलाका लागि पनि केन्द्रीय संसद् नयाँ अनुभव हो ।
-माओवादी केन्द्रबाट भोजपुरबाट विजयी सुदन किराती पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै हुनुहुन्छ ।
-ठमाडौँ ३ का कृष्णबहादुर राई, मनाङका पोल्देन छोपाङ गुरुङ र नुवाकोटका हितबहादुर तामाङको संसद् यात्रा पनि पहिलो अनुभव नै हुनेछ ।
-खेल क्षेत्रमा परिचित नाम जीवनराम श्रेष्ठले पनि पहिलोपटक केन्द्रीय संसद्मा आफ्नो स्थान पक्का गर्नुभएको छ ।
-विद्यार्थी नेत्रीबाट राजनीतिमा होमिनुभएकी बीना मगरले पनि कञ्चनपुर १ बाट केन्द्रीय संसद्को यात्रा सुरक्षित गर्नुभएको छ ।
-मोरङका घनश्याम खतिवडा, काभ्रेका गोकुल बास्कोटा, कञ्चनपुरका नरबहादुर धामीका लागि पनि संसद् यात्रा नयाँ हो ।
-बाजुराका गोपालबहादुर बम, बाजुराका लालबहादुर थापा, सुर्खेतका नवराज रावत पनि पहिलोपटक केन्द्रीय संसद् सदस्यमा निर्वाचित हुनुभएको हो ।
-खुर्खेतकै ध्रुवकुमार शाहीले पनि पहिलोपटक केन्द्रीय संसद्मा स्थान बनाउनुभएको हो ।
-बाँकेबाट महेश्वरजङ्ग गहतराज, दाङबाट हीराचन्द्र केसी, झापाबाट एलपी साँवा लिम्बू पनि पहिलोपटक सङ्घीय संसद्को सदस्य बन्नुभएको हो ।
-सुनसरीका जयकुमार राई, सिरहाका लीलानाथ श्रेष्ठ, धनकुटाका राजेन्द्रकुमार राई पनि पहिलोपटक संसद्मा प्रवेश गर्दै हुनुहुन्छ ।
-नुवाकोटमा काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीलाई पराजित गरी नारायणप्रसाद खतिवडा पनि पहिलोपटक केन्द्रीय संसद् सदस्य बन्नुभएको छ ।
-पूर्वजनमुक्ति सेनाका कमान्डर चन्द्रपाणि खनाल ‘बलदेव’ले पनि पहिलोपटक संसद् यात्रा तय गर्नुभएको छ ।
-रूपन्देहीबाट प्रमोदकुमार यादव, नवलपरासी पूर्वबाट तिलबहादुर महत क्षेत्री, उदयपुरबाट सुरेशकुमार राई, दैलेखबाट रवीन्द्रराज शर्मा, अछामबाट यज्ञ बोगटी, -बझाङबाट भैरव सिंह, काभ्रेबाट गङ्गाबहादुर तामाङले पनि केन्द्रीय संसद्को यात्रा निश्चित गर्नुभएको छ ।
-डा. सूर्यप्रसाद पाठक, जगतबहादुर विश्वकर्मा, भूपेन्द्रबहादुर थापा, कृष्णप्रसाद श्रेष्ठ, केदार सिग्देलले पनि पहिलोपटक केन्द्रीय संसद्को यात्रा तय गर्नुभएको हो ।
-दाङबाट मेटमणि चौधरी, सप्तरीबाट डा. सूर्यनारायण यादव, जुम्लाबाट गजेन्द्रबहादुर महत पनि पहिलोपटक संसद् सदस्यमा निर्वाचित हुनुभएको हो ।
-यस्तै पर्वतका पदम गिरी, मुस्ताङका प्रेमप्रसाद तुलाचन, गोरखाका हरिराज अधिकारी, धादिङका भूमि त्रिपाठी, खेम लोहनीले पनि पहिलोपटक संसद्मा स्थान   पक्का गर्नुभएको हो ।
-पर्साबाट विमल श्रीवास्तव, सोलुखुम्बुबाट हेमकुमार राई, कञ्चनपुरबाट डा. दीपकप्रकाश भट्ट, कैलालीबाट रेशमलाल चौधरी, सङ्खुवासभाबाट राजेन्द्र गौतम, —–कालीकोटबाट दुर्गाबहादुर रावत, रौतहटबाट देवप्रसाद तिमिल्सेना, धनुषाबाट उमाशङ्कर अरगरिया, महोत्तरीबाट सुरेन्द्रकुमार यादवले पनि संसद्मा पहिलोपटक   स्थान सुनिश्चित गर्नुभएको हो ।
-बाराका रामबाबुकुमार यादव, पर्साका हरिनारायण रौनियार, पर्साबाटै प्रदीप यादव, बाराबाट एकवाल मियाँले पनि केन्द्रीय संसद् यात्रा निश्चित गर्नुभएको छ ।
-सर्लाहीबाट प्रमोद साहले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गर्नुभएको हो ।
-सिरहाबाट लीलानाथ श्रेष्ठ, बाराका रामसहायप्रसाद यादवले पनि संसद्मा आफ्नो सिट सुरक्षित गर्नुभएको छ ।
-कैलालीबाट झपट रावल, स्याङ्जाबाट नारायण मरासिनी र ललितपुरबाट कृष्णलाल महर्जनले पनि पहिलोपटक संसद्को यात्रा निश्चित गर्नुभएको छ ।  आजको गोरखापत्र बाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री