शनिबार, १५ वैशाख २०८१

प्रदेश नं ३ को राजधानी भक्तपुर कि ललितपुर

समयपोष्ट २०७४ मंसिर २७ गते १५:०८

रमेश गिरी 

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएर प्रत्यक्षतर्फको मतगणना पनि सकिएपछि अहिले प्रदेशको राजधानी कहाँ बनाउने भन्ने चर्चा चुलिएको छ ।

प्रदेश राजधानी कहाँ बनाउन उपयुक्त हुन्छ भन्नेबारेमा अध्ययन हुँदै गर्दा अधिकांश जिल्लाका नेता तथा जिल्लावासीले आफ्नो जिल्लालाई प्रदेश राजधानी बनाउन चाहिरहेका छन् ।

तेह्र जिल्ला रहेको प्रदेश ३ मा प्रतिनिधिसभामा ३३ सिट छ । सबैभन्दा ठूलो प्रादेशिक सांसद पनि यही प्रदेशमा छन् । प्रदेशसभामा ६६ तह रहेकामा वाम गठबन्धनले ५७ स्थान जितेका छन् । नेकपा एमालेले ४२ र नेकपा माओवादी केन्द्रले १५ तह जितेका हुन् । नेपाली काँग्रेसले ७ र नेमकिपा र नयाँ शक्तिले एक÷एक तह जितेका छन् । प्रदेश ३ मा ११० सदस्यीय संसद हुनेछ । समानुपातिकबाट ४४ सांसद चयन हुनेछन् । सरकार गठनका लागि ५६ सांसद चाहिन्छ ।

यतिखेर ३ नं प्रदेशको राजधानी भक्तपुरलाई बनाउन उपयुक्त हुने भन्दै यहाँका सांसददेखि दलका नेतासम्मले माग गरेका छन् । प्रदेशको राजधानी तोक्न आवश्यक तयारी, पूर्वाधार र पर्याप्त जमिनको उपलब्धता मात्र हैन तत्कालै प्रदेशसभाको बैठक बस्नदेखि प्रादेशिक मन्त्रालय एवं मन्त्री आवास राख्न समेत सहज हुने ठाउँको खोजी सरकारले गरिरहेको अवस्थामा ३ नं प्रदेशको राजधानी भक्तपुर उपयुक्त हुने ठहरमा यहाँका नेताहरु पुगेका छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री