शुक्रबार, ७ वैशाख २०८१

समानुपातिकतर्फ कांग्रेसको मत सबैभन्दी बढी,बन्यो पहिलो पार्टी

समयपोष्ट २०७४ मंसिर २७ गते ७:२३

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा कांग्रेसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ ।

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो ।

समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले कांग्रेस अघि छ । प्रतिनिधिसभातर्फ कांग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ ।

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ ।

यस्तै प्रदेशसभा १ (क)मा सात हजार ३९ र प्रदेससभा १ (ख)मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिए ।

प्रदेशसभा २ (क)मा ६ हजार ९६२ र प्रदेससभा २ (ख)मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताए। रासस

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री