बिहीबार, १३ वैशाख २०८१

आईपीओ जारी गर्दै सान्जेन, सर्वसाधरणले आईपिओमा आवेदन दिन नपाउने, कारण यस्तो छ

समयपोष्ट २०७४ मंसिर २७ गते ६:५१

धितोपत्र बोर्डले सान्जेन जलविद्युत् कम्पनीलाई साधारण सेयर निष्कासनको अनुमति  दिएको छ ।   धितोपत्र बोर्डले कम्पनीलाई पहिलो चरणमा ८७ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको हो ।

Advertisement

जसअनुसार चिलिमे हाइड्रोपावरको सहायक कम्पनी साञ्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ८७ लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह–निष्कासशन तथा बिक्री प्रबन्धकमा एन.सी.एम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटल रहेका छन् ।

आईपीओमा आम सर्वसाधारणले लगानी गर्न नपाउने 

कम्पनीले जारी गर्ने यो साधारण सेयरमा भने आम सर्वसाधारणले भने लगानी गर्न पाउने छैनन् ।

बोर्डका अनुसार पहिलो चरणमा निष्कासन हुने यो आइपीओमा कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीले मात्र आवेदन गर्न पाउनेछन्।

कम्पनीले समूह ‘ग’ का ऋणदाता कर्मचारीको लागि १ प्रतिशत, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको लागि ३.५ प्रतिशत र ‘घ’ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९.५ प्रतिशत गरी कुल २४ प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको हो ।

साञ्जेनले रसुवा जिल्लामा सान्जेन ४२.५ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ता कम्पनीका कर्मचारी, ऋणदाता कम्पनीका कर्मचारी र सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीलाई सेयर बिक्री गरेपछि कम्पनीले स्थानीय बासिन्दालाई सेयर बिक्री गर्नेछ र त्यसपछि मात्र सर्वसाधारणमा सेयर जारी गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री