शनिबार, १५ वैशाख २०८१

गच्छदारबिरुद्ध एमालेकी भगवती चौधरी को अग्रता कायमै

समयपोष्ट २०७४ मंसिर २६ गते १३:१२

सुनसरी क्षेत्र नम्बर ३  मा  एमालेकी भगवती चौधरी ३० हजार ९१९ मतका साथ अग्रता लिइरहेकी छन् । पछिल्लो मतगणनका परिणाम अनुसार उनलाई नेपाली कांग्रेसका बिजयकुमार गच्छदारले ३० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् ।

Advertisement

सुनसरी क्षेत्र नम्बर ३ मा जम्मा ८५ हजार १३७ मत खसेकोमा हालसम्म ६७ हजार ६५२ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो क्षेत्रमा २०७० सालको आम निर्वाचनमा पनि बिजय गच्छदार र भगवती चौधरीबीच प्रतिस्पर्धा हुँदा डेढ सय मतान्तरमा चौधरी पराजित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री