शुक्रबार, ७ वैशाख २०८१

अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप, दुवै प्रदेशमा बाम उम्मेदवार विजयी

समयपोष्ट २०७४ मंसिर २६ गते २:२६

अर्घाखाँची प्रदेशसभा क्षेत्र नं १ मा वाम गठबन्धनतर्फबाट नेकपा (एमाले)का चेतनारायण आचार्य २४ हजार ६१५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १४ हजार १३५ मत प्राप्त गरे । आचार्यले खनाललाई १० हजार ५१६ मतअन्तरले जितेका हुन।

Advertisement

प्रदेशसभा २ मा वाम गठबन्धनतर्फबाट एमालेका रामजीप्रसाद घिमिरेले २६ हजार १५९ मत ल्याएर विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हिम्मतबहादुर टण्डनले १७ हजार २३३ मत प्राप्त गरे ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारिसकेका । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन ।

रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।

माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री