शनिबार, ८ वैशाख २०८१

कांग्रेस नेता सिटौला राप्रपाका राजेन्द्र लिंदेनसंग पराजित

समयपोष्ट २०७४ मंसिर २४ गते ९:२९

झापा क्षेत्र नम्बर ३ मा राप्रपा विजयी भएको छ । राप्रपाका उम्मेदवार राजेन्द्र लिंदेन कांग्रेसका प्रभावशाली नेता  कृष्ण सिटौलालाई हराउँदै विजयी भएका हुन् ।
देशभर राप्रपाले जित निकाल्न नसकेको अवस्थामा  लिंदेनले राप्रपाको इज्जत जोखाउन सफल भएका छन् ।  आइतबार सम्पन्न मतपरिणामअनुसार  लिंदेन ४४६१४ मतका साथ  विजयी भए ।
यस्तै  सिटौलाले ३११५६ मत ल्याएर पराजित भए । सिटौलाले झापा ३ लाई  गणतन्त्रवादी र राजावादीबीचको लडाई भएको बताउँदै आएका थिए  ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री