शुक्रबार, १४ वैशाख २०८१

सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी, १ मा एमालेका पहाडी, २ मा माओवादीका गजुरेल 

समयपोष्ट २०७४ मंसिर २४ गते ४:०७

सिन्धुलीका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधिसभातर्फ १ मा वाम गठबन्धन, नेकपा एमालेका गणेशकुमार पहाडी र २ मा माओवादी केन्द्रका हरिबोल गजुरेल विजयी भएका छन । 

Advertisement

नेपाली काँग्रेसका प्रेमचन्द्र दाहाललाई १० हजार १४० मतान्तर पार्दै पहाडी विजयी भएका हुन् । यस्तै गजुरेल नेपाली काँग्रेसका नरेन्द्रजंग थापालाई १२ हजार ५२ मतले पछि पार्दै विजयी भए । 

पहाडीले ३२ हजार ५२९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी दाहालले २२ हजार ३८९ मत प्राप्त गरे । निर्वाचित पहाडी विसं २०७० को संविधानसभा निर्वाचनमा पनि सिन्धुली क्षेत्र नं १ बाट विजयी भएका थिए ।

यस्तै वाम गठबन्धन, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले ३१ हजार १७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थापाले १८ हजार १२७ मत प्राप्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री