बुधबार, १२ वैशाख २०८१

म्याग्दीको प्रदेशसभा (क)मा माओवादी र (ख)मा एमाले विजयी

समयपोष्ट २०७४ मंसिर २२ गते ८:१०

म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र (क )बाट नेकपा (माओवादी केन्द्र)का विनोद केसी निर्वाचित हुनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको हो । केसीले १४ हजार ७०४ र उहाँका प्रतिस्पर्धी राप्रपाका गौचनले १२ हजार १७५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Advertisement

पञ्चायतकालमा दुई पटक राज्यमन्त्री, जिल्ला पञ्चायत सभापतिसमेत भइसक्नु भएका ७७ वर्षीय गौचनलाई पराजित गर्दै केसी प्रदेश नं ४ मा सम्भवत् कम उमेरको सांसद बन्नुभएको छ । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । 
यसैगरी प्रदेशसभासदस्यमा क्षेत्र (ख)बाट एमालेकी नरदेवी पुन दश हजार ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिनिधिसभाको मतगणना पनि अन्तिमचरणमा पुगेको छ । प्रतिनिधिसभा सदस्यको मत गणामा एमालेका भूपेन्द्रबहादुर थापाको अग्रता कायम छ । 
नेकपा एमाले र (माओवादी केन्द्र)को वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएकी पुनले दुई हजार ८७१ मत अन्तरले काँग्रेसका अमलाल फगामीलाई पराजित गर्नुभएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री