शनिबार, १५ वैशाख २०८१

धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि…

समयपोष्ट २०७४ मंसिर २१ गते ३:१२

धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए ।

Advertisement

बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छ’ भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताए ।

धरानमा बम आतंक बढ्न थालेपछि प्रहरी र नेपाली सेनाले सुरक्षा सतर्कता बढाएका छन् । अन्नपुर्णबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री