बिहीबार, १३ वैशाख २०८१

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गर्ने

समयपोष्ट २०७४ मंसिर १९ गते ५:२७

बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले सोमबार प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर जारी गर्न अनुमति दिएको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Advertisement

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने बताउँदै आएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझोदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

साथै बीपीसी एक सय मेगावाटको मनाङमर्स्याङ्दी आयोजनाको अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरिसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री