शुक्रबार, १६ चैत २०८०

प्रेसकुकर र सकेट बम सहित काठमाडौं आइरहेका दुई जना प्रहरी नियन्त्रणमा

समयपोष्ट २०७४ मंसिर १५ गते ७:०७

धादिङ प्रहरीले बमसहित दुई जना लाई पक्राउ गरेको छ । तीन वटा बम सहित झापाको काँकडभित्ताबाट काठमाडौं आइरहेको ना७ ख ४९७६ नम्बरको बसबाट दुई जना पक्राउ परेका हुन् । 

Advertisement

बिहान साढे ८ बजेतिर खानीखोलामा नियमित चेकजाँचका क्रममा बमसहित दुई जना पक्राउ परेको धादिङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए । 

‘एउटा साढे दुई लिटरको प्रेसकुकर बम र दुईटा सकेट बम सहित दुई जना पक्राउ परेका छन्,’ एसपी राउतले भने, ‘हामी थप अनुसन्धान गर्दैछौं।’

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री