शनिबार, ८ वैशाख २०८१

यस बर्षको ‘बैंक अफ द इयर अवार्ड’ एनएमबी बैंकलाई

समयपोष्ट २०७४ मंसिर १५ गते ६:१०

यस बर्षको 'बैंक अफ द इयर अवार्ड' बाट एनएमबी बैंक सम्मानीत भएको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई सन् २०१७ को सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो। 

Advertisement

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले  लण्डनमा आयोजित समारोहमा अवार्ड थापेका हुन् । ' एनएमबी बैंकले दुई बर्ष अघि ४ संस्थालाई आफुमा चुक्ता पूँजीमा एक सबल बैंकको रुपमा स्थापना भएको थियो। यस्तै गत बर्ष बैंकले नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकसँग सहकार्यको सम्झौता गर्यो। बैंकले गत मार्चमा नेपालमा ग्लोवल अलाइन्स फर बैंकिङ अन भ्यालुज कन्फ्रेन्स समेत आयोजना गरेको थियो। द बैंकर सम्मानले बैंकिङ मूल्य र मान्यता कायम राख्दै दिगो विकासप्रति समर्पित हुने अभियानमा थप हौसला मिलेको बैंकले जनाएको छ।

पत्रिकाले यो बर्ष १४१ देशका उत्कृष्ठ बैंकलाई अवार्ड दिएको जनाएको छ। 'बैंकले वासलात र वित्तिय अवस्था सुधारेर मात्र पुग्दैन, अवार्ड छनौटबारे पत्रिकाको वेव साइटमा भनिएको छ- समग्र रणनीति, बहु च्यानल बैंकिङ र वित्तिय समावेशितामा समेत उत्कृष्ठता अपरिहार्य हुन्छ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री