शनिबार, ५ जेठ २०८१

फिल्म क्षेत्रमा लाग्दिन : मिस नेपाल अनुष्का

समयपोष्ट २०७६ पुष १४ गते १४:५८

Advertisement

भर्खरै मात्र मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी मिस नेपाल २०१९ की बिजेता अनुष्का श्रेष्ठले पनि फिल्म अभिनयमा आफ्नो रुचि नभएको बताएकी छन् ।

हालै एक अन्तवार्तामा उनले आफ्नो लक्ष्य हिरोइन बन्नु नभएको स्पष्ट परेकी हुन् । उनले भनेकी छन् ‘मेरो अभिनय गर्ने, हिरोइन बन्ने र पर्दामा छाउने अहिलेसम्म कुनै सोच छैन ।’

अनुष्का मात्र होइन यस अगाडि अर्थात २०१८ की ‘मिस नेपाल’ श्रृङ्खला खतिवडाले पनि फिल्म अभिनयमा आफ्नो रुचि नभएको बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री