शनिबार, ५ जेठ २०८१

अमिताभ भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

समयपोष्ट २०७६ पुष १४ गते १४:५४

Advertisement

भारतीय बरिष्ठ अभिनेता अमिताभ बच्चन दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा अभिनेता बच्चनले सो पुरस्कार ग्रहण गरे ।

अमिताभ खराब स्वास्थ्यको कारण गत आइतबार आयोजित राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार लिन असमर्थ भएपछि आज उनलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिएको छ ।

दादासाहेब फाल्केलाई भारतीय चलचित्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यस वर्षको सेप्टेम्बरमा उनलाई यो पुरस्कार दिने घोषणा गरिएको थियो। पुरस्कार प्राप्त गरेलगत्तैको आफ्नो सम्बोधनमा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई धन्यवाद दिएका थिए ।

अमिताभले चारवटा राष्ट्रिय फिल्म पुरस्कार र १५ वटा फिल्म फेयर पुरस्कारसहित अन्य धेरै पुरस्कार प्राप्त गरिसकेका छन्। उनी २०१५ मा पद्म विभूषणबाट समेत सम्मानित भएका थिए।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री