कण्डम एक्सपायर भएको यसरी थाहा पाउनुहोस्

गर्भनिरोध साधनको रुपमा अपनाइने कण्डमले नचाहेको गर्भ मात्रै रोक्दैन विभिन्न यौन सँग सम्बन्धीत रोगहरु एचआईभी, एड्स र गनोरियाबाट पनि जोगाउने काम गर्छ ।

Advertisement

कण्डमको सबैभन्दा राम्रो पक्ष यो हो की तपाईं बिना कुनै स्ट्रेस वा तनावले पार्टनरसँग सेक्सी र पेशिनेट क्षणको आनन्द लिन सकिन्छ । कण्डम हरेक किसिमको आकार र फ्लेवरमा पनि पाइन्छ जसले गर्दा मानिसले आफ्नो इच्छा अनुसार छनोट गर्न सक्छन् । तर, ध्यान दिनुपर्ने कुरा के हो भने अन्य सामान जस्तै कण्डमको पनि एक्सपायरी डेट हुन्छ र एक्सायपर भइसकेको कण्डमको प्रयोग गर्नबाट जोगिनु पर्छ ।

-यदि कण्डमको प्याकेट खोलेर बाहिर निकाल्ने बित्तिकै कण्डम धेरै नै सुक्खा, चिपचिप वा निकै नै कडा अनुभव हुन्छ भने तपाईं त्यो कण्डमको प्रयोग नगर्नुस् ।

-यदि तपाईंले किनेको कण्डमबाट नराम्रो दुर्गन्ध आयो र कण्डमको रंगपनि खुलिएको छ भने कण्डम बिग्रेको वा एक्सपायर भएको हुन सक्छ । त्यसकारण यस्ता दुर्गन्धित र रंग खुलिएको कण्डमपनि प्रयोग गर्नबाट जोगिनुपर्छ । अन्यथा तपाईंलाई संक्रमण गराउन सक्छ ।

-सँधै एक्सपायरी मिति जाँच गरेर मात्रै कण्डम खरिद गर्नुपर्छ । किनकी जसरी जसरी एक्सपायरी डेट नजिकिदै जान्छ कण्डमको इलास्टिसिटी र उसको असर कम हुन थाल्छ । त्यति मात्र नभई कण्डम हेर्नमा राम्रो भएपनि एक्पायरि मिति सकिसकेको अवस्थामा कण्डमको प्रयोग गर्नु हुँदैन । किनकी यदि तपाईंले यी कुरालाई वेवास्ता गरेर प्रयोगमा ल्याउनुभयो भने हुन सक्छ सेक्सको क्रममा त्यो च्यातियोस् ।

Advertisement

-कण्डमको प्याकेट खोल्नका लागि कैंचीको प्रयोग कहिले पनि गर्नुहुँदैन । किनकी हुन सक्छ कैंचीले प्याकेट काट्दा कण्डमपनि काटियोस् । साथै ध्यान राखौं कि कण्डम वा त्यसकोप्याकेटमा तपाईंको नंग वा साँचोले प्वाल नपरोस । नत्र कण्डम बिग्रिन सक्छ । तपाईंको नंग वा साँचोले कण्डमको प्याकेट काट्दा त्यसमा प्वाल पर्ने हुनाले निकै ध्यान दिनुपर्ने हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री