शनिबार, ५ जेठ २०८१

पिता बन्दै अभिनेता राजबल्लभ कोइराला

समयपोष्ट २०७६ पुष १४ गते १३:४२

Advertisement

अभिनेता राजबल्लभ कोइराला पिता बन्ने भएका छन् । उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् ।

उनले तस्बिरका साथ लेखका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला ।’

राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए ।

केही बर्ष अगाडि फिल्म ‘हाइवे टु धुम्पुस’को कामका लागि भन्दै अमेरिका पुगेका उनी अहिले पनि उतै छन् । उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘६ एकान ६’ हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री