शनिबार, ५ जेठ २०८१

रणवीर कपुर घाइते, मुखै फुट्यो

समयपोष्ट २०७६ पुष १३ गते ८:२६

Advertisement

बलिउड अभिनेता रणवीर कपुर फुटबल खेल्न रूचाउँछन् । आफ्नो व्यस्त दिनचर्याका बाबजुद उनी फुटबल खेल्ने समय निकालेकै हुन्छन् ।

हरेक सप्ताहन्तमा फुटबलमा रमाउने रणवीर गत आइतबार पनि इशान खट्टर, इब्राहिम अली लगायत अरू सेलेब्रेटीसँग खेल्दै थिए । खेलका क्रममा उनी घाइते भए ।

उनको मुखमा चोट लागेर ओठबाट रगत चुहिएको थियो। चोटका बाबजुद उनले खेल पूरा गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यति मात्र होइन, खेल हेर्न आएका फ्यानहरूसँग उनले सेल्फी पनि खिचेका छन् ।

एक जना फोटोग्राफरले रणवीरलाई ‘अलिअलि दुःखेको छ ?’ भनेर सोधेका थिए । रणवीरले ‘थोरै होइन, धेरै दुखेको छ यार’ भनेका छन् ।

Advertisement

रणवीर अचेल आयान मुखर्जीको फिल्म ‘ब्रह्माश्त्र’ व्यस्त छन् । ‘ब्रह्माश्त्र’ मा रणवीरका साथै आलिया भट्ट पनि छन् । केही समययता प्रेम सम्बन्धमा रहेका आलिया र रणवीर पहिलोपटक फिल्ममा सँगै देखिन लागेका हुन् । उनीहरूले सँगै विज्ञापनहरू भने गरिसकेका छन् ।

‘ब्रह्माश्त्र’ मा अमिताभ बच्चन, मौनी रोय, नागार्जुना अक्किनेनी र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छन् । फिल्म सन् २०२० को मध्य वा अन्त्यतिर रिलिज हुने बताइएको छ ।

योबाहेक रणवीर करण मलहोत्राको ‘शमशेरा’मा पनि काम गर्दैछन् । ‘शमशेरा’मा सन्जय दत्त र वाणी कपूरको पनि मुख्य भूमिका हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री