शनिबार, ५ जेठ २०८१

कुशल पञ्जाभीको भेटियो सुसाईड नोट

समयपोष्ट २०७६ पुष ११ गते १६:१६

Advertisement

टि भी याक्टर कुशल पञ्जाभीको शवसंगै प्रहरीले सुसाईड नोट फेला पारेको छ । नोटमा उनले आफ्नो मृत्युको जिम्मेवार कसैलाई पनि नठहराउँन भनेका छन् । साथै आफ्नो सम्पत्ति आमा बुवा बहिनी र छोरालाई भाग लगाईदिएका छन् । उनको नजिकका मित्र चेतनका अनुसार विवाह सफल नहुँदा उनी निकै दुखी थिए । उनकी श्रीमतीले उनलाई छाडेकी थिईन् ।

याक्टरको शव नजिक प्राप्त डेढ पन्नाको सुसाईड नोटमा ५० प्रतिसत् सम्पत्ति आमा बुवा बहिनी र ५० प्रतिसत् आफ्ना ३ बर्षिया छोरालाई दिन भनिएको छ ।

कुशलका मित्र चेतन हंसराजले एक अखबारलाई दिएको जानकारी अनुसार उनी केही दिन देखि विमार थिए । साथै उनको जीवनमा टेन्सन चलिरहेको थियो । कुशलले सन् २०१५ मा युरोपियन गर्लफ्रेण्ड ऑड्रे डोल्हनसंग गोवामा विवाह गरेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री