भारतको नयाँ विदेशी सचिवमा नेपाली भाषी

भारतको नयाँ विदेशी सचिवमा नेपाली भाषी हर्षवर्द्वन शृंगला नियुक्त भएका छन् ।

Advertisement

अमेरिकाका लागि राजदूत रहेका शृंगलालाई विदेश सचिव विजय गोखलेको पदावधी सकिन केहीदिन बाँकी रहँदा नयाँ विदेश सचिवमा नियुक्त गरिएको हो । गोखलेको पदावधि सकिनासाथ शृंगलाले कार्यभार सम्हाल्नेछन् । नेपाली, अंग्रेजी, हिन्दी, भियतनामी, फ्रेन्च भाषासमेत राम्रोसँग बोल्ने भारतीय विदेश सचिव शृंगला भने नेपालीका भाञ्जा हुन् ।

ललितपुर मामाघर भएका शृंगला सन् १९८४ व्याचका कर्मचारी हुन् । उनका पिता छिरिङ्ग शृंगला दार्जीलिङ्गमा पढ्दै गर्दा त्यहाँ पढ्न गएकी ललितपुरकी नेपाली छात्रा हरिदेवी बस्नेतसँग प्रेम सम्बन्ध गाँसिएको थियो ।

उनले त्यसपछि हरिदेवीसँग नै विवाह गरेका थिए । सचिव शृंगला परिवारको जेठो छोरो हुन् । उनको जन्म मुम्बइमा भएको थियो भने मायो कलेजमा उनले अध्ययन गरेका थिए । उनका मावली परिवार ललितपुर स्थायी बासिन्दा हुन् ।

अहिले उनी अमेरिकाका लागि भारतका राजदूत छन् । उनले यसअघि बंगलादेशका लागि भारतको उच्चायुक्त र थाइल्यान्डको लागि भारतको राजदूतका रुपमा समेत काम गरिसकेका छन्

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री