फर्निचर उद्योगमा आगलागी, लाखौँको क्षति


दोलखाको शैलुङ गाउँपालिका वडा नं ३ लाम्चेआहालमा जीवन श्रेष्ठले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । गए राति भएको आगलागीमा उद्योगमा रहेको ठूलो चिरान उपकरण, जेनेरेटर, ८०० क्युफिट सल्ला तथा उत्तिसको तयारी गोलिया काठ र अन्य विद्युतीय सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक सुञ्जीत तामाङले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो । राति उद्योगमा विद्युत् प्रवाह भई आगलागी भएको हुन सक्ने वताइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री