चिनियाँ टोलीको उपहार : ‘लोकल रक्सी र ग्रीन टी’

राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाल र चिनियाँ जननैतिक परामर्शदातृ सम्मेलन इपिङ्ग नगर कमिटी अध्यक्ष लिउ स्याओ लिको टोलीबिच भेटवार्ता भएको छ । लिको टोलीमा आएका अन्य ७ जना प्रतिनिधी र उपाध्यक्ष दाहालबीच बिहीबार दिउँसो संघीय संसद सचिवालयमा भेटवार्ता भएको हो ।

Advertisement

इपिङ नगर कमिटी अध्यक्ष लिले अध्ययन भ्रमण र दुई देशबीचको मित्रतालाई नवीकरण गर्न नेपाल आएको उल्लेख गरिन् । उनले चीनको इपिङ्ग महानगरपालिका र नेपालको लेखनाथ पोखरा महानगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको बताउँदै नेपालको चिया कम्पनी र त्यहाँको चिया कम्पनीबीच पनि आपसी सम्बन्ध रहेको जानकारी गराइन् । अध्यक्ष लिले सिचुवान प्रान्तमा रहेको इपिङ्ग नगरपालिका रक्सी र चिया उत्पादनको राजधानीको रुपमा रहेको जानकारी दिइन् ।

आपसी छलफलपछि चिनियाँ टोलीले उपाध्यक्ष शशीकला दाहाललाई उपहार दिए । चिया र रक्सी उत्पादनमा प्रख्यात रहेको नगरबाट आएका उनीहरुले आफ्नो स्थानीय उत्पादन रक्सी र ‘ग्रीन टी’ उपाध्यक्षलाई उपहारको रुपमा दिए ।

चिनियाँ टोलीले दिएको उपहार लिएपनि उपाध्यक्ष दाहालले भने नेपालको प्रतिनिधित्व झल्कने कुनै उपहार दिइनन् । खासगरी यस्ता भेटघाटमा उपहार आदान प्रदान गर्ने चलन हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री