दिल्लीमा फेरी आगलागी, ४० जनाको उद्धार

भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ ।

Advertisement

केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ ।

नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् । बिहीबार राती करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ ।

घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री