शनिबार, ५ जेठ २०८१

विदेश बस्न नमानेपछि सम्बन्ध तोडे- निलम

समयपोष्ट २०७६ पुष ९ गते १९:३१

Advertisement

चर्चित गायक रामकृष्ण ढकाल र निलम शाहबीच सम्बन्धविच्छेद भएको छ ।

१७ वर्षको वैवाहिकसम्बन्ध बिग्रिनुमा आखिर दोष कसको त ? ढकाल पत्नी निलमले ढकालले समय नदिएपछि विवाद बढेको लेखेकी छिन् ।

उनले अदालतमा दायर गरेको निवेदनमा विवाह भएपछि शुरुका केही समयसम्म हामीहरु बीचको दाम्पत्य सम्बन्ध सुमधुर नै रहेकोमा विपक्षी पति आफ्नो काममा प्राय सधैं नै व्यस्त रहने कारणले घर परिवारलाई उचित समय दिन सक्नुभएको थिएन। हामीहरुलाई केही समय दिनुस, पति तथा पिताको दायित्व पूरा गर्नुस् भनी बारम्बार भन्दा आफ्नो कार्य व्यस्तताले हामीहरुलाई उचित समय दिन सक्नु भएन। यसैकारणले हामीहरुको बीचमा मनमुटाव तथा सामान्य झै झगडा समेत हुन थालेको बताइएको छ।

निलमले श्रीमानलाई पटक पटक विदेश जान र उतै बस्न समेत दवाव दिएको तर ढकालले नमानेको अदालतमा बुझाएको निवेदनमा उल्लेख छ।

Advertisement

‘मैले हामीसँग विदेश जाउँ, त्यहाँ हामो भविष्य उज्वल छ भनी सम्झाउँदा उहाँले म नेपालमा नै केही गर्न चाहन्छु। मेरो पेशाको भविष्य पनि नेपाल मै छ भन्नुभयो, विवादको कारण उल्लेख गर्दै शाहले निवेदनमा लेखेकी छिन्।

मंगलवार जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका ढकाल दम्पतीले बुधवार सम्बन्ध बिच्छेद गरेका हुन् ।

न्यायाधीश विदुर कोइरालाको इजलासले विच्छेदको निर्णय सुनाएको हो। हिजो निलमले दुवैको सहमतीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।

उनीहरुकी छोरी रानी ढकाल आमा निलम शाहसँगै रहने सहमतिसहित उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्। श्रीमतीले ढकालसँग अंश नलिने तथा छोरीलाई बाबाले बेलाबेलामा भेट्न दिने सहमती गरेकी छिन् ।

मुलुकी देवानी संहिता, २०७४ ले पति तथा पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्वन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री