शनिबार, ५ जेठ २०८१

गायक रामकृष्ण र निलमको डिभोर्स !

समयपोष्ट २०७६ पुष ९ गते १८:४७

Advertisement

चर्चित गायक रामकृष्ण ढकाल र निलम शाहको डिभोर्स भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा यी दम्पत्तिको सम्बन्ध विच्छेद भएको हो ।

मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।

श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए। लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री