शनिबार, ५ जेठ २०८१

करण जोहरले भने-श्रीदेवीसँग काम नगरेकोमा खुसी छु

समयपोष्ट २०७६ पुष ९ गते १५:२८

Advertisement

बलिउड फिल्म निर्माता करण जोहरले आफू बलिउडकी दिवंगत नायिका श्रीदेवी श्रीदेवीसँग काम नगरेकोमा खुसी भएको बताएका छन् ।

एक कार्यक्रममा श्रीदेवीबारे बोल्दै करण जोहरले भने, ‘मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ ।’

उनले थपे, ‘मलाई लाग्दैन कि म श्रीदेवीका लागि राम्रो निर्देशक बन्न सक्छु किनभने म उनको निकै ठूलो प्रशंसक हुँ । कतै न कतै एक फिल्म निर्मातालाई आफ्नो काम बारे ठूलो उद्देश्य राख्नुपर्छ । यदि तपाईं कसैको प्रशंसक हुनुहुन्छ भने तपाईं निष्पक्ष हुन सक्नुहुन्नँ । मलाई लाग्छ कि मैले निष्पक्षता गुमाएको छु । त्यसकारण मलाई खुसी छ कि मैले कहिले पनि श्रीदेवीलाई निर्देशन गरिनँ र यदि यस्तो गरेको भए म फेल हुन्थे र श्रीदेवी असफलता डिजर्भ गर्दिनन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री