शनिबार, ५ जेठ २०८१

‘छपाक’को छायांकनका क्रममा म फेरि डिप्रेशनमा थिएँ’

समयपोष्ट २०७६ पुष ९ गते १४:४३

Advertisement

नायिका दीपिका पादुकोणले फेरि एकपटक आफ्नो जिन्दगीको बिषयमा नयाँ खुलासा गरेकी छिन् । दीपिकाले भनेकी छिन्–‘चलचित्र ‘छपाक’को छायांकनका क्रममा म फेरि एकपटक डिप्रेशनमा पुगेकी थिएँ । मलाई चलचित्रको छायांकन सेटमा काउन्सिलरको आवश्यकता थियो ।’उनले भनिन्–‘म निकै नै थाकेको महशुश गरिरहेकी थिएँ । लामो समयसम्म काम गर्ने गरेकाले मलाई यस्तो भएको हो कि भन्ने पनि लाग्थ्यो । तर, मैले आफूमा ‘क्लस्ट्रोफोबिक’ भएको महुशश गर्न थाले ।’

दीपिकाका अनुसार,‘क्लस्ट्रोफोबिक एउटा यस्तो डर हो, जहाँ मान्छे आफूलाई सानो कोठामा बन्द भएको महशुश गर्छ । दीपिकाले यो भूमिका आफ्ना लागि भावानात्मक रुपमा पनि कठिन भएको बताइन् । एसिड पीडित एक किशोरीको बारेमा सोच्नु र उनको स्थानमा आफूलाई राख्नु सजिलो काम नभएको दीपिकाले बताइन् ।

दीपिकाले सन् २०१८ मा चलचित्र ‘छपाक’को काम सुरु गरेकी थिइन् । दीपिकाले सन् २००४ देखि नै आफू डिप्रेशनमा रहेको कुरा सार्वजनिक गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री