शुक्रबार, ७ वैशाख २०८१

टाटा मोटर्सको सोरुममा क्रिसमस इभ, गाडी बुकिङ्गमा सरप्राइज गिफ्ट

समयपोष्ट २०७६ पुष ८ गते १२:५३

Advertisement

टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्गले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा पौष ८ गते मंगलवार साँझ ५ बजे देखि आयोजना गर्न लागेको हो ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।

साथै लाईभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. ५०,००० सम्मको एक्सचेञ्ज लोयल्टी बोनस, आकर्षक नगद छुट, एक वर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्ट लगायतका विशेष आर्कषणहरु रहेका छन । सोअवसरमा कम्पनीले थापाथली स्थित टाटा मोटर्सको अत्याधुनिक सोरुममा आई फाइदा उठाउन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री