शनिबार, २२ वैशाख २०८१

प्याजको झुम्कामा यस्ती देखिइन् ट्विंकल

समयपोष्ट २०७६ पुष ६ गते १४:५०

Advertisement

ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘मलाई खुसी लागेको छ कि मैले यो अनमोल उपहार लगाउने मौका पाएँ जुन एक सुटिङपछि अंकुरित हुनुअघि नै घर ल्याइएको थियो ।’

प्याजको मूल्य नेपाल र भारतमै आकासिएको छ । यस्तोमा अक्षयले ट्विंकललाई प्याजको झुम्का उपहारमा दिएर अचम्मित पारिदिएका थिए । ट्विंकलले झुम्काको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘मेरा श्रीमानले द कपिल शर्मा शोबाट फर्किएपछि भने, ‘उनीहरुले यो करिनालाई देखाए, उनी यसबाटै खासै प्रभावित भएको मलाई लागेन तर यो तिमीलाई राम्रो लाग्छ भनेर सोचेँ र ल्याएँ ।’ कहिलेकाँही स–साना कुराले पनि मन छुन सक्छ ।’

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री