शनिबार, २२ वैशाख २०८१

लेट मि इन मिसेस व्यूटी क्वीनको लागि २० प्रतियोगी छनौट, विजेताले पाउछन् यस्ता अवसर

समयपोष्ट २०७६ पुष ५ गते १९:०३

Advertisement

सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२०” तेस्रो संकरणको अडिसन शनिवार कमलादिको सिडव्लु पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरि सम्पन्न भएको छ ।

विवाहित महिलाहरुको सहभागीतालाइ ध्यानमा राखि सिजन मिडियाले तेस्रो चरणको लागि कार्यक्रम गर्न लागेको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

‘महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका छौं’ उनले भने ।

Advertisement

विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ३ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो तस्रो संस्करणको लागि पहिलो अडिसनवाट २० प्रतियोगी छनौट गरिएको छ ।

छनौट कार्यक्रममा कोरीयोग्राफर रोजिन साक्य सौन्दयकर्मी मिना थापा,मिसेस व्यूटी क्वीन पहिलो संस्करणकी विजेता सुदीक्षा भट्टराई,जुम्वा प्रशिक्षकद्धय सोनाम केसी र देविका राई रहनु भएको थियो । उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई आइतवारवाट प्रशिक्षण दिइने निर्देशक वन्तले बताए ।

शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण,हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ ।

विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजिट, कल्चरल भिजीट पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार, मानवअधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताले “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२०”को उपाधी सहित टिभिएस स्कुटर, इन्डोनेसीयाको वालि भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकट र विभिन्न घरयसी समानहरु टिभि, फ्रिज वासिङ मेसिन आदि उपहारहरु पाउने छन् ।

यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री