प्रचण्ड पत्नी सीता आयुर्वेदिक उपचारका लागि रामदेवको पतञ्जली योगपिठमा

 

Advertisement

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् । हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिइन् ।

उनले योगपिठमा बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेकी छन् । सामाजिक सञ्जालमार्फत् छोरी गंगाले रामदेव र बालकृष्णसँगको भेटका तस्बिर सार्वजनिक गरेकी छन् । सीता नेकपा नेता मातृका यादव, छोरी गंगासहित हरिद्वार पुगेकी हुन् ।

Advertisement

 

‘ममीको आयुर्वेदिक उपचारका लागि हरिद्वारस्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्णसँगै हामी’, गंगाले तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेखेकी छन् ।

सीता लामो समयदेखि बिरामी छन् । उनको उपचार स्वदेश तथा विदेशमा निरन्तर भइरहेको भए पनि सुधार हुन सकेको छैन । छोरा प्रकाश दाहालको निधनपछि भने उनी हिडडुल गर्नसमेत नसक्ने अवस्थामा छन् । हिड्नका लागि उनलाई सहयोग अनिवार्य भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री