शनिबार, २२ वैशाख २०८१

प्रियंका–निकले विवाह स्थलका लागि मात्रै खर्च गरेका थिए तीन करोड

समयपोष्ट २०७६ पुष ३ गते १२:१७

Advertisement

इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् ।

पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छन् ।

विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । यी चार दिनमा कुनै पनि बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाइएको थियो ।

उक्त कार्यक्रममा पुनितले कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’

Advertisement

यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए । यी दुई सेलिब्रिटीको विवाहले अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री