धनुषा बम विस्फोटका गम्भीर घाइते प्रहरी निरिक्षकको मृत्यु

धनुषाको महेन्द्रनगरमा मध्यरातमा भएको शक्तिशाली बम बिस्फोटका घाइते प्रहरी निरिक्षक अमिर दाहालको मृत्यु भएको छ । गम्भीर घाइत दाहालको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

प्रहरी कार्यालय धुनषाका अनुसार दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् । अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ५ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटर दुरिमा बम बिस्फोट हुदा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री