सिँचाइ आयोजना निर्माणपछि किसान हर्षित

पश्चिमी पर्साको पर्सागढी नगरपालिका–२ हरपुरमा लोटाहा बाँध सिँचाइ आयोजना निर्माण भएपछि सो भेगका किसान हर्षित भएका छन् ।

Advertisement

सङ्घीय सरकारको रु तीन करोड ८८ लाख २५ हजार ३२८ लागतमा निर्माण भएको सो आयोजनाबाट २०२ दशमलव ५७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका डिभिजन प्रमुख शिवनन्दनप्रसाद साहले राससलाई बताउनुभयो । ९५४ जनसङ्ख्या रहेको सो वडाका १३९ घरधुरीहरु सिँचाइ सुविधाबाट लाभावित हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री