शनिबार, ५ जेठ २०८१

रणवीर सिंहले अवार्ड पाउँने बितिक्कै फन्केर हिडे साहिद

समयपोष्ट २०७६ मंसिर २५ गते १५:०२

Advertisement

बलिउड नायक शाहिद कपुरको फिल्म कबिर सिंह सन् २०१९ को हिट फिल्मको सूचीमा समावेश भयो । दर्शकले फिल्ममा शाहिद कपुरको अभिनयको अत्यधिक तारिफ समेत गरे ।

यसका बाबजुद साहिदले सो फिल्ममा गरेको अभिनयका लागि कुनै अवार्ड दिइएन ।

पिंकभिलाका अनुसार शाहिद कपुर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए । उनलाई कुनै पनि अवार्ड दिइएन । जसका कारण उनी निकै रिसाए र कार्यक्रम बीचमै छोडेर हिँडे । यसबाहेक शाहिद कपुरले कार्यक्रममा आफ्नो प्रस्तुती दिन पनि अस्विकार गरे ।

स्रोतका अनुसार शाहिद कपुर कार्यक्रम निर्मातासँग निकै रिसाए किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन् । रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कपुर जुरुक्क उठे र कार्यक्रमबाट हिँडे । त्यहाँ उनले आफ्नो प्रस्तुती दिनु थियो तर उनले यस्तो गरेनन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री