शनिबार, ५ जेठ २०८१

फिल्म छपाकको कुरा गर्दैगर्दा रोइन् दीपिका

समयपोष्ट २०७६ मंसिर २५ गते १३:३९

Advertisement

बलिउड नायिका दीपिका पादुकोण प्रर्दशनको तयारीमा रहेको फिल्म छपाकको ट्रेलर लञ्च कार्यक्रममा निकै भावुक बनिन् ।

कार्यक्रममा दीपिका फिल्मबारे कुरा गर्दैगर्दा रोइन् । दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे रोइरहेकी हुन्छु । म यतिमात्र भन्न चाहन्छु कि यो ती फिल्ममध्येको एक हो जसमा अभिनय गर्ने निर्णय तपाईंले निर्देशकसँगको मिटिङको केही मिनेटभित्रै लिनुहुन्छ । ‘छपाक’ मेरो लागि त्यही फिल्म हो । मेघना, यो फिल्मका लागि तपाईंलाई धेरै धेरै धन्यवाद । यो मेरो करियरको सबैभन्दा उत्कृष्ट फिल्ममध्येको एक हुनेछ । हामीले यसलाई निकै प्रेम, जिम्मेवारीका साथ बनाएका छौं ।’

दीपिकाले सिनेमाबारे कुरा गर्दै यसलाई महत्वपूर्ण र शक्तिशाली माध्यम बताएकी छिन् । उनले भनिन्, ‘तपाईं यो कुरामा अस्विकार गर्न सक्नुहुन्नँ कि सिनेमा सशक्त माध्यम हो र यसले धेरै मानिसलाई प्रभावित गर्छ । मलाई थाहा छैन, मेरो व्यक्तिगत जीवनको संघर्ष र यो कथासँग मेरो कुनै सम्बन्ध छ छैन । मलाई यो पनि थाहा छैन कि यो भूमिका र कथामा त्यस्तो के छ जसले मलाई यो फिल्ममा अभिनय गर्न बाध्य बनायो । मलाई यो कुनै घटनामाथि नभई ती युवतीको यात्रा र जीतमा आधारित जस्तो लाग्छ ।’

 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री