शुक्रबार, ७ वैशाख २०८१

हदैसम्म प्रेम गर्छन् यी पाँच राशिका मानिसहरू

समयपोष्ट २०७६ मंसिर २३ गते १५:५५

Advertisement

आज हामी तपाईहरुलाई यस्ता पाँच राशीका बारेमा जानकारी दिदैछौ जो आफ्ना प्रेमि प्रेमिका वा जीवन साथीलाई हदैसम्म प्रेम गर्छन् ।

मिथुन राशीः यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशीको । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ ।

समस्याः तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशीः यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।

साथीमाथि निर्भरःकर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ । उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् ।

उत्कृष्ट जीवनसाथीः घुम्न जान होस् वा कुनै सपिङका लागि । आफ्ना साथी बिना उनीहरुको कुनै योजना बन्दैन । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

कन्या राशीः कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् । यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।

निकै क्लिंगीः उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ… यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन।

कुम्भ राशीः कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन्।

मीन राशीः जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री