बुधबार, २६ वैशाख २०८१

नवाजुद्दिन सिद्दीकीकी २६ वर्षे बहिनीको निधन

समयपोष्ट २०७६ मंसिर २२ गते १६:५७

Advertisement

बलिउड नायक नवाजुद्दीन सिद्दीकीकी बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ । पुणे, महाराष्ट्रको एक अस्पतालमा शनिबार सबेरै करिब ३ बजे २६ वर्षको उमेरमा उनको निधन भएको हो । पछिल्लो ८ वर्षदेखि स्तन क्यान्सरबाट आक्रान्त थिइन् । नवाजका भाइ अयाजुद्दीन सिद्दीकीले यसबारे जानकारी दिएका हुन् । अयाजुद्दीनका अनुसार नवाज अमेरिकामा थिए तर बहिनीको मृत्युको खबर पाएपछि उनी भारत फिर्ता भइरहेका छन् ।

नवाजुद्दीनका भाइ फैजुद्दीन सिद्दीकीले सायमाको शव लिएर आफ्नो पैतृक गाउँ बुढाना (उत्तर प्रदेश) लिएर गएका हुन् । त्यहाँ उनका अन्य भाइ अयाजुद्दीन, माजुद्दीन र मिनहाजुद्दीन छन् । नवाजबाहेक उनका दुई भाइ निर्देशक शमास नवाब सिद्दीकी र वकिल हाजी अलमाजुद्दीन सिद्दीकी पनि शनिबार बेलुकीसम्म बुढाना पुगेका छन् । आइबार बिहान सायमाको अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री