मंगलबार, १८ वैशाख २०८१

विवाहमा यस्ती देखिईन् नायिका शर्मा

समयपोष्ट २०७६ मंसिर २१ गते २०:१३

Advertisement

नायिका ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार दिपेश विक्रम राणासँग नायिका शर्मा विवाह बन्धनमा बाँधिएकी हुन्।

नेपाली फिल्म क्षेत्रमा चिनिएकी नायिका ऋचा ललितपुरको लविम् मलका म्यानेजर राणासँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

परिवारबाट विवाहका लागि दबाब आएको सुनाउँदै आएकी ऋचाले गत बुधबार सामाजिक सञ्जालमार्फत विवाह गर्न लागेको कुरा सार्वजनिक गरेकी थिइन्।

आफ्ना व्यक्तिगत कुरा सामाजिक सञ्जालमा कम पोख्ने ऋचाले आफ्नो विवाहको फोटो शनिबार नै ट्विटरमार्फत सार्वजनिक गरेकी छन्। उनले ट्विटरमा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरूको अथाह माया अनि आशीर्वाद सदैव यसरी नै मिलोस्।

उनको विवाहको तस्बिर अभिनेत्री केकी अधिकारीलेसमेत आफ्नो फेसबुकबाट सार्वजनिक गरिसकेकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री