
नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए ।
आजको नेपाल समाचारपत्रमा खबर छ ,जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो। त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो।
नेपालगन्ज विमानस्थलको आसपासमा झाडी बढेको छ। धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् ।









प्रतिक्रिया