मोदिलाई पाकिस्तानको निम्तो

पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ ।

सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो ।

Advertisement

भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजले मोदीलाई निम्ता गरिने जानकारी दिए ।

सार्क सम्मेलन जसरी पनि सफल बनाउने उनले बताए ।

यद्यपि भारतसँगको सम्बन्ध नाटकीय रुपमा सुधार हुन नसक्ने फैजलको भनाई छ । हामीले भारतसँग युद्ध लडेका छौँ । एकाएक सम्बन्ध सुधार हुन सक्दैन, समय लाग्छ, उनले भने । हरेक दुई बर्षमा आयोजना हुने सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री