मंगलबार, ११ वैशाख २०८१

पुनर्वीमा कम्पनीसँग प्राइम लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता

समयपोष्ट २०७५ मंसिर ११ गते ११:१३

नेपाल पुनर्वीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच २०% प्रत्यक्ष हिस्सा पुनर्वीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

Advertisement

नेपाल सरकारले चालु आ.व.२०७५÷०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्वीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।

सोमबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्वीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री