अभिनेत्री भेट्न नपाएपछि कांग्रेसका दुई नेताबिच मञ्चमा कुटाकुट भएको छ । भारत मध्य प्रदेश विधानसभा चुनाव प्रचारका लागि शिवपुरी पुगेकी थिइन्।
नगमाले जब उनीहरुलाई रोक्ने प्रयास गरिन् तब कार्यकर्तासँग पनि उनको बहस भयो । विवाद भएपछि उनीहरुको हातबाट माइक खोसेर उनले सभालाई सम्बोधन गरिन् ।
नगमाले समयमा आउन नसेकेको भन्दै जनतासँग माफि मागिन् र यसको कारण प्रदेशको मुखिया शिवराज सिंह चौहानलाई दोष लगाइन् । चौहानले सडक राम्रो नबनाएका कारण समयमा पुग्न असफल भएको उनको भनाइ थियो ।
नगमाको वस्तविक नाम नन्दिता अरविन्द मोराराजी हो । उनी तेलगु र तामिलकी कलाकार हुन् । साथसाथै उनले हिन्दी तेलगु, तामिल, भोजपुरी, मलायम,कन्नड फिल्म खेलेकी छिन् । नगमा मध्य प्रदेशमा स्टार प्रचारको रुपमा कांग्रेसको लागि चुनाव प्रचार गरिरहेकी छिन् । सबै गरेर उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । एजेन्सी









प्रतिक्रिया