प्रहरीले हटाउन थाल्यो महेन्द्रा पिकअप जिपका पछाडिका सिट

जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए ।

सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि आफूहरुले यहाँका जिपमा जोडिएका पछाडिका सिटहरु हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रूपसिंह थापाले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “सामान बोक्ने ठाउँमा यात्रु बोक्ने सिट जडान गरेर यात्रुको यात्रा जोखिम बनाउने तथा बढी दुर्घटना निम्त्याउने सम्भावना भएकाले हामीले सिट हटाउन थालेका छाँै, नहटाउनेलाई कारवाही हुनेछ ।” गाउँका कच्ची सडकमा चल्ने यहाँका जिपमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको अनुमान छ ।जिपका पछाडि जोडिएका सिटहरु हटाउन थालेपछि स्थानीयवासी पनि निकै खुशी भएका छन् । अब यहाँका जिप चालकले चालकसहित पाँच जना मात्रै यात्रु बोक्न पाउने नियम कायम भएको ट्राफिक प्रहरी जवान महेन्द्र विष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री