११ सयमा झर्यो सेयर बजार
समयपोष्ट
२०७५ मंसिर ३ गते ९:३४
सोमबार पनि सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ५.९ अंकले घटेर ११८९.५६ अंकमा झरेको छ । आज १ सय ४८ कम्पनीका ७ लाख कित्ता सेयर २१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भएको छ । आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु घटेका छन् । आज फाइनान्स समुह ०.९१ र अन्य समुह उपसुचक २.३४ अंकले बढेका छन् ।
त्यस्तै बाणिज्य बैंक समुह उपसुचक ६.३,होटल १९.६४,विकास बैंक ५.९७,जलविद्युत २२.७९,निर्जिवन बिमा १२.७८,लघुवित्त ७.५७ र जीवन बिमा समुह ३२.१८ अंकले घटेका छन् ।
प्रतिक्रिया