शनिबार, ८ वैशाख २०८१

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता

समयपोष्ट २०७५ मंसिर २ गते १५:२२

लुम्बिनी जनरल इन्स्योरेन्स र महालक्ष्मी बिकास बैंकबीच बैंकास्युरेन्स सम्झौता भएको छ ।

Advertisement

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एन.पी. प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले आइतबार हस्ताक्षर गरे ।

सम्झौतानुसार महालक्ष्मी बैंकका सम्पत्ती तथा सो बैंकका ग्राहकहरुको बीमा लुम्बिनी जनरल इन्स्योरेन्सले गर्नेछ ।

उक्त कार्यक्रममा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ, मार्केटिङ मेनेजर तीर्थराज पुरी तथा बैंकका तर्फबाट बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतसागर शर्मा र बरिष्ठ मार्केटिङ मेनेजर प्रकाश घिमिरेको समेत उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री