प्रहरीले हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझायो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएको १९ थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

महाशाखाले उपत्यकाको कालिमाटी, सातदोबाटो, साँखु, कपन गौशाला, कालिमाटी, महाराजगञ्ज, भैँसेपाटी, थापाथली, सानेपालगायत स्थानबाट हराएका मोटरसाइकल फेला पारेर आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

Advertisement

महाशाखाले सुमन श्रेष्ठ, सन्तोष उपाध्याय, मोहम्मद गुडजु, भरतबहादुर थापा, अर्जुन महर्जन, नरबहादुर पुन, सुमन विष्ट, मानवजंग शाह, विवेक श्रेष्ठ, महेश्वर धामी, लिङ्गन कार्की, पुरुषोत्तम सिलवाल, मेनुका कार्की, शङ्कर चौलागाईं, अशेस लुईंटेल, शङ्करध्वज जोशी र त्रिरत्न शाहीको मोटरसाइकल तथा स्कुटर फेला पारेर जिम्मा लगाएको हो ।

महाशाखाले मोटरसाइकल चोरी गर्ने पाँच जनालाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका धीरज तामाङ, रमेश खरेल, पूर्ण लामा, धादिङका धीरज घले र नुवाकोटका मुकेश तामाङ रहेका छन् ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मोटरसाइकल हराएका निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाएको जानकारी दिनुभयो ।

“उपत्यकामा दैनिक दर्जनौँ दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे्रे सवारी साधन हराउने गरेका छन्, चालकको लापरवाहीका कारण धेरै सवारी साधन हराउने गरेका हुन्”, उहाँले भन्नुभयो । काठमाडौँमा हराएका अधिकांश मोटरसाइकल काठमाडौँ बाहिर रहेर चलाउने गरेको महाशाखाले जनाएको छ ।

Advertisement

फेला पारिएको मोटरसाइकलमा विसं २०६८ साउन ११ गते हराएकादेखि केही दिन अगाडि हराएकासम्म रहेका छन् । महाशाखाका प्रमुख पन्तले धेरै व्यस्त हुने ठाउँबाट सवारी साधन हराउने गरेको भन्दै पार्किङ गर्दा धेरै चनाखो हुनुपर्ने बताउनुभयो ।

वैदेशिक रोजगार मुद्दामा कार्की कारागार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ ।

ब्युरोको टोलीले वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७१ कात्तिक २३ को फैसलाअनुसार चार वर्ष कैद र रु चार लाख जरिवाना हुने ठहर गरे पनि फरार रहँदै आएका ताप्लेजुङ थुम्वेदिनका विनोदकुमार कार्कीलाई आज मण्डिखाटारबाट पक्राउ गरेको हो ।

कार्कीले विसं २०६८ मा काठमाडौँको नक्सालमा नर्थपोल ओभरसिज प्रालिका सञ्चालन गरेर आकर्षक वैदेशिक रोजगारका लागि पोल्याण्ड, युएइ, मलेसिया र बहराइन पठाइदिने सर्वसाधारण व्यक्तिबाट रु १६ लाख ४३ हजार ७१९ रकम ठगी गरेका थिए ।

वैदेशिक रोजगार न्यायाधीकरणले प्रतिवादीबाट पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जाना रकमसहित हुन आउने रु २४ लाख ६५ हजार ५९३ दिलाइ भराइदिन फैसला गरेको थियो । पक्राउ कार्कीलाई अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री