एनआईसी एशिया बैंकले गर्यो १०.५२६ प्रतिशत लाभांस घोषणा
एनआईसी एशिया बैंक लिमिटेडले १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंकको आज बसेको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ को लागि प्रति शेयर रु १० (१०) प्रतिशत शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर रु.०.५२६ (०.५२६ प्रतिशत) नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारीत भए पश्चात मात्र शेयरधनी महानूभावहरुलाई बितरण गरिने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष ०७४/०७५ मा वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटी तर्फ रु. ४८ अर्ब (६७ प्रतिशत)ले वृद्धि गरी रु.१२० अर्ब तथा निक्षेप तर्फ रु. ६४ अर्ब (६३ प्रतिशत)ले वृद्धि गरी रु. १५२ अर्ब संकलन गरेको छ ।
त्यसैगरी चालु आर्थिक वर्ष ०७५/७६ को पहिलो त्रैमाससम्ममा कर्जा तथा सापटी तर्फ वार्षिक विन्दूगत आधारमा ६१ प्रतिशत (रु.५३अर्ब) ले वृद्धि गरी रु.१३९ अर्ब तथा कूल निक्षेप संकलनमा ५८ प्रतिशत (रु.६० अर्ब) ले वृद्धि गरी रु. १६३ अर्ब गर्न सफल भएको छ ।
साथै, खूद मूनाफामा १७० प्रतिशत (रु.४७ करोड) ले वृद्धि गरी रु. ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैंकको प्रति शेयर आम्दानी –इप्एिस) रु.३६.७८ रहेको ५ ।
‘बैंकले हासिल गरेको उपरोक्त उल्लेखित अभूतपुर्व उपलब्धीहरु हासिल गर्न विशिष्ट योगदान पुर्याउनूहूने आम ग्राहकवर्ग, शेयरधनीहरु, नियमनकारी निकायहरु लगायत सबैको पहिलो रोजाइको र देशकै सबैभन्दा ठुलो बैंक बन्ने हाम्रो अटल लक्ष्य हासिलमा अहोरात्र परिश्रम गरी अतूलनीय योगदान दिने बैंकको सबै कर्मचारीहरुमा हार्दिक आभार एवम् धन्यबाद समेत ज्ञापन गर्दछौं ।’ बैंकद्धारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘बैंकले आफ्नो शाखा सञ्जालमा आर्थिक वर्ष ७४/७५ मा ११२ वटा नयां शाखा थप गरी कूल २३१ शाखा सञ्जाल, एटिएम तर्फ १५० नयां एटिएम थप गरी कूल २२० एटिएम, एक्सटेन्सन काउन्टर तर्फ १० वटा एक्सटेन्सन काउन्नर थप गरी कूल १४ एक्सटेन्सन काउन्टर तथा १५ नयां शाखा रहित बैंकिङ थप गरेको छ ।’
हाल बैंकले नेपालभर २६५ वटा शाखा सञ्जाल, २६९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर तथा १८ शाखारहित बैंकिङ सेवा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया