अभिनेत्री मनिषा कोइरालाको आत्मकथा सार्वजनिक भएको छ । शनिबार उनले क्यान्सरसँगको लर्डाइमा केन्द्रित भएर लेखेको किताब ‘हिल्ड’ सार्वजनिक गरिएको हो । ७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पिडित भएकी थिइन् । अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको मनिषा बताउने गर्छिन् ।
मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि मायन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु ।’









प्रतिक्रिया