मोरङस्थित कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवकलाई पक्राउ गरेको हो ।
श्रीमती माइत गएको बेला बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको किशोरीले हजुरआमालाई बताएकी थिइन् । किशोरीकी हजुरआमाले किटानी जाहेरी दिएपछि कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्याद लिएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया